बैतडीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
मंसिर- १३/ जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शनिबार बैतडीका १८ जना र दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । यो संगै बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय ५१ पुगेको छ।