बैतडीको दनपामा १० दिनकालागि लकडाउन,अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मंसिर -१३ / बैतडीको दशरथचन्द नगरपालिका भित्र लकडाउन गरिएको छ । कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित संक्रमणलाइ न्युनिकरणा गर्न र संक्रमणको दायरा फराकिलो नवनोस भनेर दनपाभित्र दश दिनका लागि लकडाउन गरिएको हो । १३ गते शनिबार देखि १० दिनका लागि लकडाउन शुरु भएको नगरपालिकाकी उपप्रमुख मिना चन्दले जानकारिदिनुभएको छ ।
नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शनिबार देखि २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन शुरु भएको उहाँले बताउनुभएको छ। नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका छन । लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै बन्दाबन्दीको अवधिमा नगरपालिका भित्र औषधी पसलहरु सञ्चालन गर्न दिने, वडा कार्यालयको सिफारिसको आधारमा बिबाह कार्यक्रम बढीमा १० जनाको उपस्थितिमा गर्न पाईने , अति आबश्यक निर्माण कार्यहरुलाई निरन्तरता दिने र अत्याबश्यक सवारी साधन तथा एम्बुलेन्सहरु सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ ।
यस्तै नगरपालिका भित्रका बैंक तथा बित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरुको पालना गर्दै हप्ताको दिन आईतबार, मंगलबार र बिहिबार सञ्चालन हुने छन । नगरपालिका भित्रका ११ ओटै वडा कार्यालयको कामकाज बन्द गर्ने र छोटो तथा लामो दुरीका निजि तथा अन्य सवारी साधनहरु पुर्ण रुपमा बन्द गराउने नगरपालिकाले निर्णय गरेको छ ।
स्वास्थ्यको मापदण्ड पालना गर्दै तरकारी पसल र खाद्यान्न पसलहरु बिहान ९ बजेदेखि ११ बजेसम्म मात्र खुला गर्न पाईने छ । यस्तै बिशेष परिस्थितिमा अथवा अति आबश्यक परेमा बिरामी, बिबाह बाटोमा अलपत्र परेका ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसमा आवतजावत गर्न दिने निर्णय भएको छ।