बैतडी : पाँच दिन झुलाघाट नाका खोलिएकोमा ९ सय ६७ जनाले पेन्सन बुझे
बैतडी–मंसिर १३/ नेपाल भारत सीमानाका झुलाघाट नाका ५ दिनको लागी खोलिएकोमा झण्डै १ हजार जना भारतिय पेन्सनहरुले पेन्सन बुझेका छन । गएको सोमबादेखि हिजो शुक्रबारसम्म नाका खोलिएकोमा ९ सय ६७ जनाले पेन्सन बुझेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभएको छ । कोरोना महामारीका कारण गत चैतदेखि सिमानाका बन्द हुदा भारतीय पेन्सनहरु पेन्सन बुझ्नबाट बञ्चित भएका थिए । दुई देशका स्थानिय प्रशासनहरुको समन्वयमा नाका खोलिएको थियो । बैतडीमा झण्डै १२ सय भारतीय पेन्सनरहरु रहेका छन ।