बैतडी : कोरोना कहरका कारण लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रभाबित
बैतडी–मंसिर १३/ यो बर्षको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रभाबित भएको छ । बिगतका बर्षहरुमा अभियान अन्र्तगत बिभिन्न कार्यक्रमहरु हुने भए पनि यो बर्ष कोरोना महामारीका कारण अभियान प्रभाबित भएको हो । प्रत्येक बर्ष नोभेम्बर २५ तारिखका दिन ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्र्तराष्ट्रिय दिवसका अबसरमा १६ दिन अभियान सञ्चालन हुदै आएको छ । यो बर्ष मंसिर १० गतेबाट सुरु भएको अभियान अन्र्तगत स्थानिय तहहरुले औपचारिक कार्यक्रमहरु गर्न नपाएको बताएका छन ।
गत बिगतमा आमा समुह, महिला सञ्जाल, किशोरी समुह र किशोरी बृतहरुको सहभागीतामा वडा स्तरमै महिला हिंसा न्यनिकरण सम्बन्धी बक्तित्व कला प्रतियोगिता, ¥याली र बिभिन्न अन्र्तक्रिया कार्यक्रमहरु हुने गरेका थिए । यो बर्ष त्यस्ता कार्यक्रमहरुको आयोजना गरिएको छैन । जिल्लाको पाटन नगरपालिकाले कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरु गर्न नसकिए पनि पर्चा पम्मलेट तथा बिभिन्न सार्बजनिक ठाउँहरुमा होडिङ बोर्डहरु राखेर अभियान मनाईरहेको जनाएको छ । यस्तै सञ्चार माध्यमहरुमा बिभिन्न बहस तथा जनचेतना मुलक सन्देशहरु प्रकाशन÷प्रसारण गरी अभियान मनाईरहेको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभएको छ ।
सुर्नया गाउँपालिका उपाध्यक्ष लिला बिष्टले पनी यो बर्ष अभियान अन्र्तगत कुनै पनी औपचारिक कार्यक्रमहरु गर्न नसकिएको बताउनुभयो । कोभिडका कारण अभियान प्रभाबित भएको बताउदै उहाँले महिला दीदीबहिनीहरुलाई शुभकामना आदानप्रदान लगायत हिसां न्युनिकरणका लागी अनौपचारिक रुपमा लागी रहेको बताउनुभयो ।
यस्तै जिल्लाको पुर्चौडी नगरपालिकाले पनी अभियान अन्र्तगत कुनै भब्य कार्यक्रमहरु नभएको जनाएको छ । कोरोनाको त्रासका कारण सामान्य तरिकाले अभियान मनाईरहेको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बलले बताउनुभएको छ । जिल्लाका अन्य स्थानिय तहहरुमा पनी औपचारीक रुपमै कुनै कार्यक्रमहरु नरहेको जनाएका छन ।