बैतडीमा चिसो बढेसंगै बिरामी बढे

जनक साउद–मंसिर १२/  चिसो बढेसंगै बैतडीमा बिभिन्न रोगका बिरामीहरु पनी बढ्दै गएका छन । अहिले चिसोका कारण दम, रुघाखोकी, निमोनिया, ज्वरो लगायतका श्वासप्रश्वासका बिरामीहरु बढ्न थालेका हुन । मौसम परिर्बतनसंगै जिल्लामा अत्याधिक चिसो बढ्न थाले पछि नागरिकहरु बिरामी पर्न थालेका छन । अहिले जिल्ला अस्पताल बैतडी लगायत जिल्लाका अन्य स्वास्थ्य संस्थाहरु र निजि मेडिकलहरुमा पनी बिरामीहरु बढ्न थालेका छन । जिल्ला अस्पताल बैतडीमा मात्रै दैनिक ६० जना भन्दा बढी बिरामीहरु आउने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले जानकारी दिनुभएको छ । “अहिले चिसो बढेसंगै बिरामी बढेका छन ।

दैनिक ६० देखि ६५ जना बिरामीहरु जिल्ला अस्पताल पुग्ने गरेका छन ” डाक्टर जोशीले भने । तर गत बिगतका बर्षको तुलनामा अहिले बिरामीहरु कम आउने गरेको उहाँको भनाई छ । कोभिड १९ को जोखिम कायमै रहेकोले बिरामीहरु अस्पताल आउन डराउने गरेको डाक्टर जोशीले बताउनुभयो ।

सामान्य ज्वरो र रुघाखोकीको लागी मात्रै बिरामीहरु अस्पताल नआउने गरेको बताईएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकमा बढी समस्या हुन थालेको उहाँको भनाई छ । अहिले चिसो मौसम भएकोले बालबालीकालाई निमोनिया, झाडापखाला र श्वासप्रश्वास सम्बन्धिका रोगहरुबाट बचाउन अभिभावकहरुले बिशेष ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान पनी उनीहरुले सुझाएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.