टोकियो ओलम्पिक ‘कुनै पनि हालतमा २०२१ मै हुनुपर्छ’

काठमाण्डाै – जापानकी ओलम्पिक मन्त्री सिको हशिमोतोले टोकियो ओलम्पिक आउँदो वर्ष ‘कुनै पनि हालत’ मा हुने जानकारी दिनुभएको छ । कोरोना भाइरसको जोखिम र चुनौतीलाई परवाह नगरि ओलम्पिक आयोजना हुने उहाँले बताउनुभएको हो ।

टोकियो ओलम्पिक केही वर्षको ग्रीष्म ऋतुमा आयोजना हुने तय भएको थियो तर कोरोना महामारीका कारण सारिएको हो ।

‘यो खेलमा संलग्न सबै जना तयारीमा जुटेका छन्, खेलाडी पनि आउँदो वर्षका लागि केन्द्रित भएका छन्’, पत्रकारसँगको भेटघाटमा उहाँले भन्नुभयो, ‘मलाई लाग्छ हामीले खेललाई उम्कन दिनुहुँदैन ।’

सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले कोभिड भए पनि नभए पनि आउँदो वर्षको जुलाईमा हुने बताउनुभएको थियो । आयोजकहरु पनि खेल सावधानीपूर्वक सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

ओलम्पिकको मिति सारिएको घटना इतिहासमै पहिलो हो, यद्यपि यसअघि पनि युद्धका कारण ओलम्पिक सारिएको थियो । गएको मार्चमा ओलम्पिकको स्थगन घोषणा अघि खेलाडीहरुले प्रतियोगिता सार्नुपर्ने माग गर्दै आईओसीले आफूहरुको जीवन खतरामा पार्न लागेको आरोप लगाएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.