बैतडीको दशरथचन्द नगरपालिकामा भोलीदेखि बन्दाबन्दी लागु हुने (निर्णय सहित)

जनक साउद–मंसिर १२/  बैतडीको दशरथचन्द नगरपालिकामा बन्दाबन्दी लागु हुने भएको छ। भोली मंसिर १३ गतेदेखि मंसिर २२ गते सम्मका लागी नगरपालिकामा बन्दाबन्दी लागु गर्ने निर्णय भएको छ । पछिल्लो समय नगरपालिका भित्रमा कोरोना संक्रमीत बढ्दै गएकोले समुदाय स्तरमा थप संक्रमण नफैलियोस भन्दै नगरपालिकाले बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

गरपालिकाको आज बसेको बैठकले नगरपालिका भित्र अत्याबश्यक बाहेक सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभएको छ । हिजो बिहिबारबाट सञ्चालनमा आएका बिद्यालयहरु पनी तत्कालका लागी बन्द हुने भएका छन । कक्षा १२ को परीक्षा सञ्चालन भईरहेका बिद्यालयहरुमा भने स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरुको पालना गर्दै परीक्षा सञ्चालन हुने छ ।

बन्दाबन्दीको अबिधमा नगरपालिका भित्रका औषधी पसलहरु सञ्चालन गर्न दिने , वडा कार्यालयको सिफारिसको आधारमा बिबाह कार्यक्रम बढीमा १० जनाको उपस्थितिमा गर्न पाईने , अति आबश्यक निर्माण कार्यहरुलाई निरन्तरता दिने र अत्याबश्यक सवारी साधन तथा एम्बुलेन्सहरु सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । यस्तै नगरपालिका भित्रका बैंक तथा बित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षाका आबश्यक मापदण्डहरुको पालना गर्दै हप्ताको दिन आईतबार, मंगलबार र बिहिबार सञ्चालन हुने छन ।

नगरपालिका भित्रका ११ ओटै वडा कार्यालयको कामकाज बन्द गर्ने र छोटो तथा लामो दुरीका निजि तथा अन्य सवारी साधनहरु पुर्ण रुपमा बन्द गराउने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्यको मापदण्ड पालना गर्दै तरकारी पसल र खाद्यान्न पसलहरु बिहान ९ बजेदेखि ११ बजेसम्म मात्र खुला गर्न पाईने छ । यस्तै बिशेष परिस्थितिमा अथवा अति आबश्यक परेमा बिरामी, बिबाह बाटोमा अलपत्र परेका ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसमा आवतजावत गर्न दिने निर्णय भएको छ।

No description available.

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.