बैतडीको एक प्रहरी चौकीका सबै सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि, प्रत्यक्ष सेवा बन्द
जनक साउद–मंसिर १२ / बैतडीको एक प्रहरी चौकीका सबै जना सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाको सिमार प्रहरी चौकीमा कार्यरत ९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परक्षिणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना पुष्टि हुनेहरु २१ देखि ४० बर्ष उमेर समुहका रहेका छन । चौकीमा कार्यरत सबै जनामा कोरोना पुष्टि भए पछि चौकीलाई नै आईशोलेशन बनाईएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ
। सुरुमा चोकीमा कार्यरत प्रहरी असईमा कोरोना देखिएकोमा अन्य प्रहरीको पनी स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको उहाँले बताउनुभयो । चौकीमा कार्यरत सबै जनामा कोरोना देखिए पछि नागरिकहरुलाई दिईने प्रत्यक्ष सेवा बन्द गरिएको छ । अत्याबश्क परेमा नजिकैको प्रहरी चौकीले सेवा दिने प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
यस्तै डिलाशैनी गाउँपालिका वडा नम्बर ३ सिमारकै १ जना ३० बर्षीय पुरुषमा पनी कोरोना पुष्टि भएको छ । शुक्रबार बैतडीका जम्मा १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यो सगंै बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय ३३ पुगेको छ । सक्रिय संक्रमीतको संख्या ३८ पुगेको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८ जना, डिलाशैनी गाउपालिकामा १० जना, पाटन नगरपालिकामा ३ जना, पुर्चौडी नगरपालिकामा ४ जना सक्रिय संक्रमीत रहेका छन । यस्तै पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमीतहरु रहेका छन ।