बैतडीका थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि
बैतडी–मंसिर ११ / बिहिबार बैतडीका थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेहरुमा जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ का २९ बर्षिय पुरुष र पाटन नगरपालिका वडा नम्बर ७ का ३८ बर्षीय पुरुष रहेका छन । यो सगं बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय २३ पुगेको छ । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमित २९ जना रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८ जना, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ४÷४ जना र सुर्नया गाउँपालिका, शिबनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकमा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।