लैंगिक हिसां बिरुद्धको १६ दिने अभियान बैतडीमा पनी सुरु

जनक साउद–मंसिर १० / लैंगिक हिसां बिरुद्धको १६ दिने अभियान बैतडीमा पनी सुरु भएको छ । “लैंगिक हिसां अन्त्यको प्रतिबद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता ” भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो । प्रत्येक बर्ष नोभेम्बर २५ तारिखबाट ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’का अबसरमा १६ दिन अभियान सञ्चालन हुदै आएको छ । जिल्लाका बिभिन्न स्थानिय तहहरुमा आजबाट बिभिन्न कार्यक्रम गरी मनाउने उदेश्यका साथ अभियानको थालनी गरिएको छ । कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्ने स्थानिय तहहरुले जनाएका छन ।

आमा समुह, महिला सञ्जाल, किशोरी समुह र किशोरी बृतहरुको सहभागीतामा वडा स्तरमै गएर बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्ने तयारी गरिएको छ । यस्तै जिल्ला स्तरैमै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु र सञ्चार माध्यमहरुमा छलफल तथा बहसहरु गरि १६ दिने अभियान सफल पार्ने उदेश्य रहेको अखिल नेपाल राष्टिय महिला सघंकी केन्द्रिय सदश्य एबंम महिला अधिकारकर्मी सरस्वती नेपालीले जानकारी दिनुभएको छ ।

अभियानको पहिलो दिन आज जिल्लाका बिभिन्न संघसस्थाहरुले दीप प्रज्वलन गर्ने भएका छन । दशरथचन्द नगरपालिका ४ गढीमा रहेको सहित दशरथचन्दको शालीकमा माल्यर्पण गर्दै दीप प्रज्वलन गर्न लागिएको हो । राष्टिय दलीत नेर्टबक, सामाजिक चेतना तथा बिकास सघं ( साडा), समता फाउण्डेसन, दलीत समाज बिकास मञ्च लगायतका सघं सस्थाहरुले सुदुरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टको प्रमुख आतिथ्यतामा संयुक्त रुपमा दीप प्रज्वलन गर्न लागेका हुन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.