बुधबार एकै दिन बैतडीका १३ जनामा कोरोना पुष्टि
बैतडी–मंसिर १०/ बुधबार एकै दिन बैतडीका १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न स्थानिय तहका गरी १३ जनामा कोरोना देखिएको हो । आज कोरोना पुष्टि हुनेहरुमा दशरथचन्द नगरपालिका वडा नम्बर ४ का २३ देखि ४१ बर्ष उमेर समुहका ४ जना पुरुष, पुर्चौडी नगरपालिका वडा नम्बर १ की ३० बर्षीय १ महिला, शसस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५१ बैतडीमा कार्यरत २० देखि ३८ बर्ष उमेर समुहका ६ जना पुरुष र जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ३८ र ४८ बर्षीय गरी २ जना पुरुषहरु रहेका छन । यो सगंै बैतडीका कोरोना संक्रमीत ५ सय २१ पुगेको छ ।