बैतडी : झण्डै २४ हजार बालबालीकालाई भिटामिन ‘ए’ र २१ हजार बढीलाई जुकाको औषधि खुवाईदै

जनक साउद–मंसिर १० / राष्ट्रिय कार्यक्रम अनुसार बैतडीमा पनी बालबालीकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने भएको छ । मंसिर ११ र १२ गतेका दिन जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी थालिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीका २३ हजार ९ सय ३९ जना बालबालीकाहरुलाई भिटामिन ‘ए’ र २१ हजार ७७ जना बालबालीकाहरुलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी तिर्थ राज भट्टले जानकारी दिनुभएको छ । कार्यक्रम सम्पन्न गर्नका लागी जिल्लामा सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

प्रत्येक स्वास्थ्य चौकीहरुले तोकेका बुथ केन्द्रहरुमा लगेर जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बैतडीले सबैमा आग्रह समेत गरेको छ । कोभिड १९ को जोखिम कायमै रहेकोले संक्रमणबाट बच्नका लागी आबश्यक स्वास्थ्य मापदण्डहरुको पालना गर्दै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने छ । सरकारले हरेक वर्ष पहिलो चरणमा वैशाख ६ र ७ गते र दोस्रो चरणमा कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो बर्ष कोरोना महामारीका कारण पहिलो चरणको कार्यक्रम प्रभाबित भएको थियो ।

कोभिडका कारण बैशाखका सञ्चालन गर्न नसकिएको कार्यक्रम सरकारले असार २२ र २३ गते सञ्चालन गरेको थियो । सोही बमोजिम दोस्रो चरणको कार्यक्रम पनी पछि धकेलिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ । विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरूको उपचारमा भिटामिन ‘ए’ को प्रयोग गर्ने गरिन्छ । बालबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोग बाट जोगाउन सकिन्छ । सरकारले प्रत्यके ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आईरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.