सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीद्धारा त्रिपुरा सुन्दरी मेलामा स्वास्थ्य सामाग्री बितरण

बैतडी–मंसिर ०९/  बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा लागेको जात्रामा दर्शनार्थीहरुलाई सेनिटाइजर तथा मास्क बितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले जात्राका दर्शनार्थीहरुलाई सेनिटाइजर तथा मास्क बितरण गरेको हो । कोरोनाको जोखिम कायमै रहेकोले दर्शनार्थीहरुलाई संक्रमणबाट बच्न सहज होस भन्ने उदेश्यले सेनिटाइजर तथा मास्क बितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाहले बताउनुभयो । सोमबार र मगंलबार गरी २ दिन दर्शनार्थीहरुलाई उक्त सामाग्री बितरण गरिएको उहाँले बताउनुभएको छ । प्रत्येक बर्ष बैतडीको प्रसिद्ध धार्मीक तथापर्यटकीय स्थल त्रिपुरा सुन्दरी मन्दिरमा शुक्ल नवमीका दिन जात्रा लाग्ने गरेको छ । यो बर्षको जात्रा पनी कोरोना भाईरसको जोखिलाई मध्यनजर गर्दै सामाजिक दुरी लगायतका स्वास्थ्य सुरक्षाका अन्य मापदण्डहरु पालना गरी सम्पन्न भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.