बैतडी : जनमुक्ति सेना दिवसका अबसरमा ४ दीदी बहीनीले गरे कपडा बितरण
आशिष माल–मंसिर ०९/ बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ न्वादेउमा सहिद तथा बिपन्न परिवारलाई न्यायो कपडाहरु बितरण गरिएको छ । एउटै घरका बिभिन्न ४ जना दीदीबहिनीहरुले सोमबार जनमुक्ति सेना दिवसका अबसरमा सहिद परिवार र बिपन्न गरी ४७ परिवारलाई ज्याकेट, कम्बल, जुत्ता लगायतका समानहरु बितरण गरेको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बलमे जानकारी दिनुभएको छ । अन्तरिक बिधायक एबमं नेकपाकी महिना नेत्री समेत रहेकी मन्जु बम र बहिनीहरु गीता बम सिह, सानिया सिह र प्रायु बम सिहले वडा नम्बर ३ को साफेबजारमा एक कार्यक्रमको आयोजना गरी कपडाहरु बितरण गरिएको उहाँले बताउनुभएको छ ।