बैतडीका थप ३ जना कोरोना संक्रमीत डिस्चार्ज
बैतडी–मंसिर ०९/ बैतडीका थप ३ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन । मगंलबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ का तीन जना महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अब जिल्लामा कोरोनाका सक्रिय संकमीत १६ जना रहेका छन । सबैभन्दा दशरथचन्द नगरपालिकामा ८ जना, पुर्चौडी नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना र सुर्नया, पञ्चेश्वर र दोगडाकेदार गाउपालिकामा १÷१ जना सक्रिय संक्रमीत रहेका छन । अहिले सम्म बैतडीका ५ सय ८ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८६, पाटन नगरपालिकामा ८३ जना, मेलौली नगरपालिकामा ४७ जना, सिगास गाउँपालिकामा ५५ जना, डिलाशैनी गाउँपालिकामा १२ जना र सुर्नया गाउँपालिकामा ३९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ४९ जना र पुर्चौडी नगरपालिकामा २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमीत ५ सय ८ जना मध्ये १ जनाको मृत्यु भईसकेको छ भने ४ सय ९१ जनाले कोरोना जितेको छन ।