सामाजिक चेतना तथा बिकास सघं (साडा) बैतडीको सञ्चारकर्मीसगं अन्र्तक्रिया कार्यक्रम सम्पन्न

आशिष माल–मंसिर ०९/  सामाजिक चेतना तथा बिकास सघं (साडा) बैतडीले महिला तथा बालबालिकाहरु माथि हुने हिसां न्युनिकरणका लागी बिभिन्न जनचेतना मुलक सन्देशहरु प्रसारण गर्ने भएको छ । अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित महिला तथा बालबालिका माथि हुने हिसां अन्त्यका लागी अभियान अन्र्तगत बिभिन्न जनचेतना मुलक सन्देशहरु प्रसारण गर्ने साडाले जनाएको छ । खासगरी बालबिबाह, महिला हिंसा न्युनिकरण र हानिकारक मुल्य मान्यता सम्बन्धित जिल्लामा सञ्चालित एफ.एम. रेडियोहरुबाट सन्देशहरु प्रसारण गरिने भएको हो । यसै बिषयमा आज सामाजिक चेतना तथा बिकास सघं (साडा) बैतडीले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुसगं अन्र्तक्रिया कार्यक्रम समेत गरेको छ । बाल बिबाह, लैंगिक बिभेद र अन्य हानिकारक मुल्य मान्यता अझै पनी समाजमा बिद्यमान रहकोले त्यसको अन्त्यका लागी रेडियोहरुबाट सन्देश प्रसारण गर्न लागिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.