बैतडी : मणिलेक माध्यमिक बिद्यालयका परीक्षार्थीलाई मास्क बितरण

बैतडी–मंसिर ०९/ बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाको मणिलेक माध्यमिक बिद्यालयमा कक्षा १२ को परीक्षा दिईरहेका परीक्षार्थीलाई मास्क बितरण गरिएको छ । बैतडी रेडियो स्रोता समुह र महारुद्र सिर्जनशील युवा समाजले मास्क बितरण गरेको हो । अमेरिकी अन्र्तराष्टिय बिकास नियोगको सहयोगमा सञ्चालित पारस्पारिक जवाफ देहिता कार्यक्रम अन्र्तगत ईक्वईल एक्सेससगंको सहकार्यमा परीक्षा केन्द्रमा १ सय थान मास्क बितरण गरिएको महारुद्र सिर्जनशील युवा समाजका अध्यक्ष हरिश बहादुर टेरले जानकारी दिनुभएको छ ।

कोरोना महामारीकै बिच परीक्षा सञ्चालन भएकोले संक्रमणबाट बच्न परीक्षार्थीहरुलाई सहज होस भन्ने उदेश्यले मास्कहरु बितरण गरिएको उहाँले जानकारी दिनुभएको छ । यो भन्दा अगाडी पनि महारुद्र सिर्जनशील युवा समाज बिभिन्न सामाजिक कामहरु गर्दै आएकोे छ । प्राथमिक तहका बिद्यालयका बालबालीकाहरुको सम्मान स्वरुप कामकलम बितरण, छात्राहरुहरुलाई स्यानीटरी प्याड बितरण र कोरोना महामारीको संक्रमणबाट बच्न गाउँगाउँपालिका पुगेर जनचेतना जगाउने लगायतका कामहरु गर्दै आएको अध्यक्ष टेरले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.