कक्षा १२ को परीक्षामा बैतडीबाट ३ हजार बढी बिद्यार्थी सहभागी
जनक साउद–मंसिर ०९/ कक्षा १२ को परीक्षा आज मगंलबार सुरु भएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण पछाडी धकेलिएको थियो । आज परिक्षाको पहिलो दिन अङग्रेजी बिषयको परीक्षा सञ्चालन भएको छ । यो बर्षको कक्षा १२ को परीक्षामा बैतडीबाट ३ हजार ३ सय ३६ जना बिद्यार्थीहरु सहभागी भएका छन । जसमा १ हजार ४ सय ३१ जना प्राईभेट र १ हजार ९ सय ५ जना नियमित तर्फका बिद्यार्थीहरु रहेको शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीका प्राबिधिक सहायक राम चन्द्र भट्टले जानकारी दिनुभएको छ । जिल्ला भरिमा ६१ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ । प्रत्येक परीक्षा केन्द्रहरुमा अनिबार्य रुपमा हेल्थ डेस्क स्थापना गर्ने सरकारको निर्णय बमोजिम बैतडीका परिक्षा केन्द्रहरुमा पनी हेल्थ डेस्क राखिएका छन । हेल्थ डेस्कमा प्रत्येक बिद्यार्थीहरुको ज्वरो मापन, स्यानीटाईजर र मास्क बितरण लगाएका कामहरु गरिरहेको परीक्षा केन्द्रहरुले जानकारी दिएका छन । आजबाट सुरु भएको परीक्षा मंसिर १६ गते सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ ।