बैतडीका ७ सहित ३ सय ९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास हुने 

जनक साउद–मंसिर ०८/  बैतडीका ७ स्थानिय तह लगायत देशभरका ३ सय ९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास हुने भएको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको हो । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । मङ्सिर १५ गतेका दिन ३ सय ९४ वटा स्थानीय तहमा एकै पटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अनुसार बैतडीका बिभिन्न सात ओटा स्थानिय तहहरुमा अस्पतालको शिलान्यास हुने भएको छ ।

बैतडीमा अस्पताल निर्माणका लागी पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र, पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौंकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी, शिबनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकी र सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी छनौट भएका छन । पुर्चौडी नगरपालिकामा र पाटन नगरपालिकामा १५÷१५ शैयाको अस्पताल निर्माणका हुने छ भने अन्य ५ ओटा स्थानिय तहहरुमा भने १० शैयाको अस्पताल निर्माण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.