बैतडीका थप ५ जनामा कोरोना पुष्टि
बैतडी–मंसिर ०७/ आईतबार बैतडीका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । आज थपिनेमा पाटन नगरपालिका ८ का २७ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ४ का ५२ बर्षीय महिला, सशस्त्र प्रहरीका २९ बर्षीय पुरुष, नेपाली सेनामा कार्यरत २१ बर्षीय र २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । यो सगंै बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय ८ पुगेको छ । अब जिल्लामा सक्रिय संक्रमीतको संख्या २३ पुगेको छ । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८ जना, पाटन नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ४ जना, पुर्चौडी नगरपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन ।