कोभिड अस्पताल सञ्चालनका लागी बैतडीका स्थानिय तहले मेडिकल अधिकृत पाएनन

जनक साउद–मंसिर ०६/ बैतडीका स्थानिय तहहरुले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाई गरेका छन । सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेट सहित निर्देशन जारी गरेको छ । १० स्थानिय तह रहेको बैतडीमा दशरथचन्द नगरपालिका बाहेक अन्य स्थानिय तहहरुमा कोभिड अस्थायी अस्पताल सञ्चालनका लागी सरकारले बजेट पठाएको भए पनि सञ्चालनान ढिलाई भएको छ ।

बैतडीका ८ स्थानिय तहहरुले अस्पताल सञ्चालनमा ढिलाई गरेका हुन । पुर्चौडी नगरपालिकामा गत कार्तिक २४ गतेबाट अस्पताल सञ्चालनमा आईसकेको छ । दरबन्दी पदपुर्ती गरी पुर्चौडी नगरपालिकाले सेवा सुरु गरेको छ । अन्य स्थानिय तहहरुले भने दरबन्दी अनुसारका कर्मचारी नपाउदा अस्पताल सञ्चालनमा ढिलाई भएको बताएका छन ।

सरकारले कोभिड अस्पतालका लागि एकजना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी राख्नका लागि बजेट व्यवस्थापन गरेको थियो । सोही अनुसार बैतडीका स्थानिय तहहरुले कर्मचारी भर्नाको सुचना प्रकाशन गरेको भए पनि कर्मचारी पदपुर्ती गर्न सकिएको छैन । जिल्लाको सिगास गाउँपालिकामा असोज २० गते नै कर्मचारी पदपुर्तीका लागी सुचना प्रकाशन गरेको भए पनि अहिले सम्म मेडिकल अधिकृत भेटाउन नसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले जानकारी दिनुभएको छ ।

“सुरुमा असोज २० गते सुचना प्रकाशन गरेका थियौ, २ जना स्टाफ नर्स र १ जना कार्यलय सहयोगी भर्ना गरेका छौ । तर मेडिकल अधिकृतका लागी १ जनाको पनी दरखास्त आएन” उहाँले भन्नुभयो । ३ पटक सुचना प्रकाशित गरि मेडिकल अधिकृत माग गरे पनि पाउन नसकेको स्वास्थ्य संयोजक बोहराको भनाई छ । संघिय सरकारले पठाएको बजेटमा मेडिकल अधिकृतक राख्न नसकिने भए पछि गाउँपालिकाले करार सम्झौता गरी पदपुर्ती गर्ने तयारी गरेको छ ।

सुर्नया गाउँपालिकाले पनी सुरुमा असोज २ गते कर्मचारीका लागी सुचना प्रकाशन गरेको भए पनि मेडिकल अधिकृतको दरखास्त नपरेको जनाएको छ । २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीका लागी भने दरखास्त आएकोमो नजिता प्रकाशन गर्न बाकीं रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिह महराले जानकारी दिनुभएको छ । ३ पटक सुचना प्रकाशन गरे पनि मेडिकल अधिकृत पाउन नसकेको उहाँको भनाई छ ।

अस्पताल सञ्चालनमा ल्यान नसकेको अन्य स्थानिय तहहरुले स्टाफ नर्स र कार्यालय सहयोगी नियुक्त गरे पनि मेडिकल अधिकृत भने पाउन सकेका छैनन । सरकारले पठाएको बजेटमा तलब पाउने गरी मेडिकल अधिकृतहरु ऋाउन नमान्ने बताईएको छ । अस्पतालका लागि संघीय सरकारले पहिलो पटक ३ महिनाको लागि १० लाख पठाएको छ । ४ लाख ५० हजार तलब खर्च र ५ लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.