शुक्रबार बैतडीका थप ३ जनामा कोरोना पुष्टि, ३ जनाले कोरोना जिते

जनक साउद–मंसिर ०५ /शुक्रबार बैतडीका थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । आज कोरोना पुष्टि हुनेमा सबै जना पुर्चौडी नगरपालिकाका रहेका छन । पुर्चौडी नगरपालिका वडा नम्बर १ का ३४ र ४४ बर्षीय २ जना पुरुष र ४३ बर्षीय एक महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यो संगै बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय ३ पुगेको छ ।

यस्तै शुक्रबार ३ जना कोरोना जितेर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा पाटन नगरपालिका वडा नम्बर ३ का ४३ बर्षीय पुरुष, दशरगचन्द नगरपालिका वडा नम्बर ९ का २२ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ४ का ३१ बर्षीय पुरुष रहेका छन । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमीत २० जना रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना, पाटन नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ४ जना , पुर्चौडी नगरपालिकामा ३ जना, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमीत रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.