बैतडीमा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २१ सवारी र्दुघटना, १२ जनाको मृत्यु
गोर्कण बोहरा–मंसिर ०५/ चालु आर्थिक बर्षको पहिलो चौमासिकमा बैतडीमा २१ ओटा सवारी र्दुघटना भएका छन । चार महिनाको अबधिमा भएका र्दुघटनाहरुमा परी १२ जनाको मृत्यृ भएको भने ४० जना घाईते भएका छन । मृत्यु हुनेमा १० जना पुरुष, १ जना महिला र १ बालीका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । घाईत हुनेहरुमा ३३ जना पुरुष, ५ जना महिला र २ जना बालबालिका रहेका छन । चालु आर्थिक २०७७÷०७८ को पहिलो चौमासिमा ७ ओटा मोटर साईकल, १ ट्रक, ६ ओटा ट्रयाक्टर, ७ ओटा जीप, १ हाईस र १ बस दुर्घटनामा परेका छन ।
श्रावण महिनामा २ ओटा मोटर साईकल र्दुघटनामा १ पुरुष र २ महिला घाईते भएका छन । एउटा ट्रयाक्टर र्दुघटना हुदाँ १ जना पुरुष र एउटा जीप र्दुघटनामा २ जना पुरुष घाईते भएका छन । भाद्र महिनामा एउटा जीप र्दुघटना हुदाँ १ जना बालक र १ महिला, एउटा हाईस र्दुघटना १ पुरुष १ महिला र २ ओटा मोटर साईकल र्दुघटना हुदाँ २ पुरुष र १ जना बालक घाइते भएका छन । असोज महिनामा २ ओटा मोटर साईकल र्दुघटनामा ३ जना पुरष घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याकंले देखाएको छ ।
असोजमै २ ओटा ट्रयाक्टर र्दुघटनामा २ पुरुष र ३ ओटा जीप र्दुघटनामा ९ पुरुष र १ जना महिला घाईते भएका छन । यस्तै चौमासिकको अन्तिम महिना कार्तिकमा सबैभन्दा बढी मानबिय क्षति भएको छ । कार्तिक महिनामा एउटा मोटर साईकल र्दुघटनामा २ जना पुरुष घाईते भएका छन ।
यस्तै ३ ओटा ट्रयाक्टर र्दुघटनामा २ जनाको मृत्यु भएको छ २ जना पुरुष र १ बालक घाईते भएका छन । कार्तिकमा एउटा जीप र्दुघटनामा १ जनाको मृत्यु भएको छ । यस्तै एउटा बस र्दुघटनामा ७ जना पुरुष , १ महिला र १ बालीकाको ज्यान गएको छ । ३३ जना पुरुष, ५ जना महिला र २ जना बालबालीका घाईते भएका छन ।