बैतडी : १३ स्थानमा निशुल्क परिवार नियोजन शिबिर सञ्चालन हुने
जनक साउद–मंसिर ०४/ बैतडीका बिभिन्न स्थानहरुमा निशुल्क परिवार नियोजन शिबिर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा सुनौलौ परिवार नेपालको प्राबिधिक सहयोगमा जिल्लाका बिभिन्न १३ स्थानहमा स्थायी र अस्थायी परिवार नियोजन शिबिर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाईजर हरिस भट्टले जानकारी दिनुभएको छ ।
यही मंसिर १० गतेबाट जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुमा शिबिर सञ्चालन हुने उहाँले बताउनुभयो । अनुभबि चिकित्सक सहितको टोलीले स्थायी बन्ध्याकरण अन्र्तगत भ्यासेक्टामी र मिनिल्याप तथा लामो अबधिका लागी अस्थायी साधन आईयुसिडि र ईम्प्लान्ट सेवा दिने बताईएको छ । मंसिर ९ र १० गते पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकी , ११ र १२ गते कुवाकोट स्वास्थ्य चौकीमा शिबिर सञ्चालन हुने छ ।
मंसिर १४ गते पाटन नगरपालिकाको शिद्धेश्वर स्वास्थ्य चौकी, १५ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्र, १७ गते मेलौली नगरपालिकाको बिशालपुर स्वास्थ्य चौकी, १८ गते शिबनाथ गाउँपालिकाको उदयदेब स्वास्थ्य चौकी, २० गते शर्माली स्वास्थ्य चौकी, २१ गते पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी, २३ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीमा शिबिर सञ्चालन हुने भएको छ ।
यस्तै मंसिर २५ गते दशरथचन्द नगरपालिकाको गुरुखोला बर्थिङ सेन्टर, २६ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकी, २९ गते दोगडाकेदार गाउँपालिका ६ को खौला बजार र अन्तिम दिन मंसिर २९ गते डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्य चौकीमा शिबिर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना महामारी कायमै रहेकोले एक दिनमा १५ जनालाई मात्रै शिबिरमा सेवा दिईने बताईएको छ ।