बैतडीका क्यान्सर पिडित अनिलको घाउ फेरि बल्झियो, उपचारमा समस्या, सहयोगको अपिल
जनक साउद–मंसिर ०४/ बैतडीमा क्यान्सर पिडित युवकको उपचारमा सहयोग गर्न अनुरोध गरिएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ बिशालपुरका क्यान्सर पिडित १९ बर्षीय अनिल चन्दको आर्थिक अभाबमा उपचार गर्न समस्या भए पछि सहयोगको लागी अपिल गरिएको हो । एक चोटी उपचार पछि निको भएको अनिलको घाउ फेरि बल्झिएको छ । गाउँकै स्कुलमा कक्षा ७ मा पढ्दै गरेका चन्दको बायाँ हातको नाडीमा २०७५ सालमा क्यान्सर भएको थियो । चन्द सुरुमा उपचारको लागी धनगढीको सेती अस्पताल पुगेका थिए ।
सेती अस्पतालमा उपचार सम्भब नभएको भन्दै डाक्टरले भारत जानु पर्ने सुझाब दिएका थिए । भारतमै रोजगारी गर्दै आएका उनका बुबाले अनिललाई उपचारका लागी भारतमै बोलाए । बिभिन्न अस्पतालहरुले क्यान्सरले हड्डीमा पसिसकेको गरिसकेको भन्दै हात काट्न सुझाब दिएका थिए । अनिल हात नकाटेरै क्यान्सरको उपचार गरिदिने अस्पतालको खोजिमा थिए । तर कुनै बिकल्प नभए पछि उनले अन्तिममा बाध्य भएर भारतको पञ्जाबमा हात काटेरै फालेका थिए । उनले १ महिनासम्म अस्पतालमै बसेर उपचार गराए पछि निको भएर घर फर्किएका थिए ।
उपचारका क्रममा झण्डै ३ लाख बढी रकम खर्च भएको थियो । गत फाल्गुनमा उपचार गराएर घर फर्किका चन्दलाई हात काट्नु पर्दाको पिडा एका तिर थियो भने अर्को तिर हात काटेरै भए पनि ज्यान जोगिएको खुसी अर्को तिर थियो । क्यान्सर पिडित चन्दको घाउ बिस्तारै पुरिदै थियो ।
उनले हात नै नभए पछि स्कुल पढ्न भने छोडी सकेको थिए । उनले कर्मलाई नै दोष दिदै रमाउने प्रयत्न गर्दै थिए । तर फेरि गत असोज महिनाबाट फेरि हातमा समस्या आयो । कुहिनो भन्दा तलबाट काटेको हात सुन्निएर दुख्ने गरेपछि फेरी गत कार्तिकमा भारतको पञ्चाबमा पहिले उपचार गरेकै अस्पतालमा लग्दा फेरी क्यान्सर भएको अस्पतालले जानकारी दियो । अस्पतालले अब अनिलको उपचारको लागी लाखौ रकम लाग्ने बताएको छ ।
अहिले उपचारको लागी आर्थिक अभाब हुदा समस्या भएको क्यान्सर पिडित युवकका बुबा रण बहादुर चन्दले बताए । “पहिले हात काट्दा पनी ३ लाख बढी खर्च भएको थियो हजुर !, अहिले फरी छोरोको क्यान्सर बल्झियो , उपचारका लागी लाखौ खर्च लाग्ने भयो ” उनले भने । आर्थिक अबस्था कमजोर भएकोले छोरोको उपचार गरी ज्यान बचाईदिन उनले सबैमा अपिल गरेका छन । सहयोग गर्न चाहनेहरुले ९८४७५९७३७९ मा सम्र्पक गर्न सकिने चन्दले बताएका छन ।