बैतडीका कच्ची सडकमा जीप ब्यबसायीको मनोमानी, क्षमता भन्दा बढी यात्रु, चर्को भाडा

जनक साउद–मंसिर २/  बैतडीका  कच्ची सडकहरुमा जीप ब्यबसायीहरुको मनोमानी चल्ने गरेको छ । अधिकासं कच्ची सडकहरुमा सञ्चालनमा रहेका जीप ब्यबसायीहरुले यात्रुहरुसगं चर्को भाडा असुल्ने गरेका छन । जिल्लाका अधिकासं सडकहरुमा भाडाँको बिषयमा जीप ब्यबसायीहरुको मनोमानी चल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन । जिल्लाको दोगडाकेदार गाँउपालिकाको सिल्लेगाडा–रिम सडक खण्डमा सञ्चालनमा रहेका जीप ब्यबसायीहरुले यात्रुहरुसगं चर्को भाडा असुल्ने गरेको पाईएको छ ।

लगभग आधा दर्जन जीपहरु मात्रै उक्त सडकखण्डमा सञ्चालनमा रहेकोले ब्यबसायीहरुको मनोमानी चल्ने गरेको स्थानियहरुको भनाई छ । गाउँमा पहिलो चोटी गाडी गुड्दा हर्षित भएका स्थानियहरु चर्को भाडा तिरेर यात्रा गर्नु पर्दा समस्या भएको बताउँछन । “सिल्लेगाडा–रिम सडकखण्डमा कम मात्रामा जीपहरु चल्छन त्यसैले जीप ब्यबसायीको मनोमानी चलेको छ ” एक स्थानियले भने । सिल्लेगाडा देखि रिम सम्मको दुरी २०÷२२ किलोमिटर मात्रै रहेको छ । ब्यबसायीहरुले यात्रुहरुबाट ४ सय देखि ६ सय ५० सम्म भाडा असुल्ने गरेका छन ।

यस्तै गाउँपालिकाको खोचलेकदेखि सित्तडसम्म १७ किलोमिटरको दुरीमा पनी जीप ब्यबसायीहरुले यात्रुहरुसगं ४ सय भन्दा माथि भाडाँ असुल्ने गरेका छन । अहिले स्थानिय सरकारहरुलाई भाडा तोक्ने अधिकार भए पनि कच्ची सडकहरुको भाडा नतोकिदा ब्यबसायीहरुको लुटतन्त्र चलीरहेको हो ।

जिल्लाका अन्य कच्ची सडकहरुमा पनी जीप ब्यबसायीहरुले चर्को भाडा असुल्दा यात्रुहरु मार्कामा परेका छन । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले भने बिना रुट प्रमिटका सडकहरुमा भाडाँदर नतोकिएकोले समस्या हुने गरेको जनाएको छ । “जिल्लाका अधिकासं सडकहरुको भाडाँ दर तोकिएको छैन । ” जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले भने । “बढी भाडा लिएको पाईएमा हामीले कार्बाही गर्छौ” । अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएर केही सहज भए पनि सम्बन्धित निकायहरुले भाडाँदर नतोकिदिदा यात्रुहरु मारमा परेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.