बैतडी : कोरोनाले खोस्यो तिहारको रौनक
जनक साउद–मंसिर १ / यो बर्षको तिहारको रौनक कोरोनाले खोसेको छ । गत बिगतका बर्षमा निकै हर्ष उल्लासका साथ तिहार मनाईने गरेको भए पनि यो बर्ष बिश्ब ब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण त्यौ रौनक हराएको छ । बैतडी सहित अन्य जिल्लाहरुमा पनी तिहारको समयमा देउसी भैलौ लगायत अन्य मेला पर्बहरु हुने गरेका थिए तर यो बर्ष त्यसो हुन पाएको छैन । स्थानिय प्रशासनले देउसी भैलो खेल्न रोक लगाए पछि बैतडीमा यो बर्ष देउसी भैलौका कार्यक्रमहरु पनी भएनन । जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै तिहार मनाउन आग्रह गरेको थियो । यसै बिच तिहारको समयमा जिल्लाका बिभिन्न स्थानमा लाग्ने जात्राहरु पनी यो बर्ष प्रभाबित भएका छन । बैतडीको पाटन नगरपालिका ८ खोडपेमा लाग्ने तिहार मेला यस वर्ष प्रभावित बनेको छ । प्रत्येक बर्ष भाईटिकाका दिन लाग्ने जात्रा यो बर्ष कोरोना महामारीका कारण प्रभाबित भएको स्थानियहरुले बताएका छन । जिल्लाका अन्य शक्ति पिठहरुमा तिहारको समयमा लाग्ने मेलाहरु पनी यो बर्ष प्रभाबित भएका छन ।