बैतडी : नेचुरल अर्गनाइजेसनले पातालभुमेश्वरमा सरसफाई गरेर १८ गमला राख्यो
जनक साउद–कार्तिक ३०/ बैतडीको प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पातालभुमेश्वरमा गमलाहरु राखिएको छ । नेचुरल अर्गनाइजेसन सुर्नया गाउँ कमिटिको आयोजना तथा नेचुरल अर्गनाइजेसनको समन्वयमा ‘एक सदस्य, १ गमला ’ अभियान अन्र्तगत पातालभुमेश्वरमा पछि फुल रोपण गर्ने गरी १८ ओटा गमलाहरु राखिएको नेचुरल अर्गनाइजेनका जिल्ला अध्यक्ष धनबहादुर विष्टले जानकारि दिनुभयो । एक कार्यक्रमको आयोजना गरी पातालभुमेश्वमा गमलाहरु राख्ने, मन्दिर तथा ताल परिसर वरिपरी सरसफाई गर्ने कार्य सम्पन्नको गरेको उहाँले बताउनुभयो । यस्तै अर्गनाइजेसनले प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पातालभुमेश्वरमा निर्मित धार्मिक संरचनाहरुको अबलोकन समेत गरेको छ । निर्मित संरचनाहरु जीर्ण तथा पानी चुहिने अबस्थामा रहेको पाईएको बताईएको छ ।
लाखौ बजेट खर्च गरेर निर्माण गरिएका संरचनाहरुको संरक्षणमा सम्बन्ध निकायले ध्यान नदिएको पाईएको अध्यक्ष बिष्टले जानकारी दिनुभएको छ । भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यटन कृषि सञ्चारमा वृद्धी भन्ने नाराका साथ २०७६ सालमा जिल्ला प्रशासनमा दर्ता भएको नेचुरल अर्गनाइजेसनले बिभिन्न सामानिक कार्यहरु गर्दै आएको छ ।