बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय पुग्यो

बैतडी–कार्तिक ३०/ बैतडीका थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीका प्रयोगशालामा गरिएको परक्षिणमा दशरथचन्द नगरपालिका वडा नम्बर ७ का २३ बर्षीय १ पुरुष र सुर्नया गाउँपालिका वडा नम्बर २ का ४६ बर्षीय १ पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ संम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ । यो सगंै बैतडीमा कोरोना संक्रमीतको संख्या ५ सय पुगेको छ । यस्तै आईतबार बैतडीका थप ६ जनाले कोरोना जितेका छन । पाटन नगरपालिकाका २ जना महिला, मेलोली नगरपालिकाका १ महिला र ३ जना पुरुष र सुर्नया गाउँपालिका १ जना पुरुषले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । अब जिल्लामा २३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.