बैतडीमा ट्राफिक कर्मचारी अभाब, जिल्ला भरि ९ जनाले सेवा दिदै

जनक साउद–कार्तिक ३० / बैतडीमा आबश्यक ट्राफिक कर्मचारी नहुदा समस्या भएको छ । अहिले जिल्लामा सडकहरुको तुलनामा आबश्यक ट्राफिक कर्मचारी नहुदा काम गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीमा बि.सं. २०६३ सालमा कायम भएको ९ जनाको दरबन्दी अनुसार कर्मचारी भए पनि अहिले जिल्लामा बिस्तार भएका सडक सञ्जालहरुमा निगरानी बढाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले जानकारी दिनुभएको छ । २०६३ साल यता जिल्लामा दर्जन बढी सडक सञ्जालहरु बिस्तार भएका छन त्यो बमोजिक ट्राफिक प्रहरी परिचालन गर्न समस्या भएको उहाँको भनाई छ ।

अहिले भएको जनशक्ति मुख्य राजमार्गहरुमै पनी अपुग भएको ट्राफिक प्रमुख रावलले बताउनुभयो । अहिले सवारी साधनहरुको बढ िचाप हुनेजिल्लाको गोकुलेश्वर सिल्लेगाडा, खोचलेक, सतँबाज, मेलौली र जुलाघाट लगायतका आधा दर्जन ठाउँहरुमा ट्राफिक प्रहरीको अभाब रहेको बताउदै प्रमुख रावलले त्यी ठाउँहरमा ट्राफिक प्रहरीको उपस्थिति बढाउन सकेमा सवारी दुर्घटना कम हुने बिश्वास ब्यक्त गर्नुभयो । यसै बिच जिल्लाका बिभिन्न कच्ची सडकहरुमा जीप ब्यबसायीको मनोमानी चल्ने गरेको छ । ट्राफिक प्रहरीको उपस्थिति नहुदाँ जीप ब्यबसायीहरुले  क्षमता भन्दा बढी यात्रु बोक्ने र मनपरी भाडा असुल्ने गरेका छन ।

यस्तै बैतडीमा ट्राफिक प्रहरीसगं आबश्यक स्रोत साधनहरुको पनी अभाब रहेको छ । पछिल्लो समय जिल्लामा आबश्यक ट्राफिक कर्मचारी, स्रोत साधनको अभाब र जनचेतनाको कमीले सवारी र्दुघटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले बताएको छ । र्दुघटनाको जोखिमलाई ध्यान नदिएर सार्बजनिक सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रा बोक्ने, ट्राफिक नियमको पालना नगर्ने र निजि सवारी साधनहरु पनी मनपरी ढगंले सञ्चालन हुदा जिल्लामा सवारी र्दुघटना बढ्दै गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.