पटाका पड्काउँदा आगलागीसँगै स्वास्थ्यमा गम्भीर खतरा, सचेत रहन विज्ञको सुझाव

कात्तिक- २९/ तिहारमा पटाका पड्काउँदा स्वास्थ्यमा खतरा हुने भएकाले ध्यान दिन विज्ञले सुझाव दिएका छन् ।तिहारको बेलामा पटाका पड्काउँदा र रकेट, झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने भन्दै विज्ञले सचेत रहन सुझाव दिएका हुन् ।

पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा, कानसहित विभिन्न स्वास्थ्य समस्या हुन सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले बताउनुभयो ।पटाका पड्काउँदा निस्कने ठूलो आवाजका कारण कान नसुन्ने, केमिकलका कारण आँखामा समस्या हुने, निमोनिया, श्वासप्रश्वासमा समस्या, मुटुमा र फोक्सोमा समस्या हुने र छालामा एलर्जी समेत हुने गर्छ ।

पटाकामा विष्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्छ । पटाका पड्काइसकेपछि निस्कने रसायन हानिकारक हुने र त्यसले मानव स्वास्थ्यका साथै वातावरणमा पनि असर गर्ने उहाँको भनाइ छ ।

रमाइलो गर्न भन्दै पटाका नपड्काउन र बालबालिकालाई पनि नदिन अभिभावकलाई जनस्वास्थ्य तथा वातावरण वैज्ञानिक शाहको सुझाव छ । पटाका पड्काउँदा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता विषाक्त ग्यास निस्कने गर्छ । यस्तै पटाकाबाट अचानक निस्किने ठूलो र तीव्र आवाजले मुटुको धड्कनसम्बन्धी रोग भएकाहरूको समस्या झन् बढाउन सक्ने उहाँले बताउनुभयो ।

पटाकाबाट निस्किने विषाक्त ग्यास र रसायनले गर्दा दम रोगी र मुटु रोगीहरूको समस्या गुणात्मक रुपमा बढाउन सक्छ । रक्तचापका बिरामी र विशेष गरी अनियन्त्रित रक्तचाप भएकाहरूमा ठूलो र कडा आवाजले गर्दा असजिलो अनुभव हुने र अचानक मुटुको समस्या बल्झिन सक्नेतर्फ सचेत रहन पनि शाहले सुझाव दिनुभएको छ ।

यसका साथै पटाका पड्काउँदा त्यसबाट निस्कने आगोले शरीर जल्ने तथा आगलागीका घटना पनि हुने गरेका छन् ।उज्यालाेबाट

सम्बन्धित

Leave A Reply

Your email address will not be published.