बैतडीमा कोरोना संक्रमितको सङख्या ४ सय ९८ पुग्यो
कात्तिक- २९/ बैतडीमा कोरोना संक्रमितको सङख्या ४ सय ९८ पुगेको छ । शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४ सय ९८ पुगेको हो । शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिका १० का २८ बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिहँ महाराले जानकारि दिनुभएको छ । संक्रमित पुरुष डडेल्धुराकै एक बैंकमा काम गर्ने र अहिले होम क्वारेन्टाइनमा बसिरहेका उहाँले बताउनुभयो । यो संगै पाटनमा मात्रै कोरोना संक्रमितको सङख्या ८२ पुगेको छ । अहिले सम्म बैतडीमा ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मध्ये ४ सय ६९ जना कोरोना जितेर डिस्जार्च भइसकेको छन भने एक जना संक्रमितको मुत्य भइसकेको छ । अब बैतडीमा २८ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन । दशरथचन्द नगरपालिका ९, पाटन नगरपालिकामा ८ , मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा ४÷४ जना,दोगडाकेदार गाउँपालिकामा २ र पञ्चेश्वर गाउँपालिकामा १ जना कोरोनाका सक्रि संक्रमित रहेका हुन । बैतडीका कोरोना संक्रमित लक्षण विहिन रहेका र सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।