बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिवारलाई किरिया खर्च
कात्तिक- २९/ बैतडीको खोडपेमा बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारले किरिया खर्च पाएका छन । पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो । दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई किरिया खर्चका लागि ५० हजार दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्र बहादुर शाहले जानकारि दिनुभएको छ । बैतडीको पाटन नगरपालिका ८ खोड्पे स्थीत दशरथ चन्द राजमार्गमा अटो मेनेजमेन्ट प्रालिको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ९ जनाको मृत्युभएको थियो भने ३४ जना घाइते भएका छन् । पवनदुत अटो मेनेजमेन्ट प्रालिले मृतकका सबै परिवारलाई किरिया खर्च उपलब्ध गराएको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।