बैतडी : कुमालीगाड लिप्टिङ खानेपानीको पहिलो परीक्षण सम्पन्न, चडेखान सम्म पानी पुग्यो

जनक साउद–कार्तिक २९/  बैतडीको दशरथचन्द नगरपालिका २ देहमिाण्डौमा निर्माण भईरहेको कुमालीगाड लिप्टिङ खानेपानी योजनाको पहिलो परीक्षण सम्पन्न भएको छ । शनिबार गरिएको परीक्षणमा योजनाको मुहान कुमालीगाडदेखि लिप्ट प्रबिधिबाट चडेखानसम्म सफलता पुर्बक पानी तानिएको छ । पहिलो पटक मुहानदेखि १५ सयको उचाईमा रहेको जनचेतना आधारभुत बिद्यालय चडेखान सम्म पानी तानिएको स्थानिय मनोज बोहराले जानकारी दिनुभएको छ । बहुबर्षिय योजना अन्र्तगत सुदुरपश्चिम प्रदेश सरकार भौतिक पुर्बाधार बिकास मन्त्रालयको लगानीमा लिप्टिङ खानेपानी योजनाको काम भईरहेको हो । मुहानदेखि चडेखानसम्म १५ सय मिटर र चडेखानदेखि देहीमाण्डौ बजारको सर्कोट डाडासम्म झण्डै २ किलो मिटर उचाईमा लिप्टबाट पानी तानिने छ ।

योजना अन्र्तगत सर्कोट डाडामा ट्यांकी निर्माण भएर धाराहरु गाउँगाउँमा बितरण हुने कुमालीगाड लिप्टिङ खानेपानी योजना उपभोक्ता समितिले जानकारी दिएको छ । योजना सम्पन्न पश्चात देहीमाण्डौ क्षेत्रका बिभिन्न टोलहरु प्रत्यक्ष लाभान्बीत हुने छन । योजनाबाट चौसिरीगाउँ, चडेखान, सेला, दलितबस्ती, ठुलागाड, कुमालीगाड लगायतका बस्ती लाभान्बित हुनेछन ।

यस्तै देहीमाण्डौ बजार, टनकने, पस्याड, मुगंराऔ, रनचुलाकोट, डाडिमगाडा, उकाला र देपाशर््व लगायतका टोलका नागरिकहरु लाभान्बित हुने उपभोक्ता समितिले जनाएको छ । देहीमाण्डौ क्षेत्रका सबैजसो टोलहरुमा खानेपानीको अभाब रहदै आएको छ । प्रयाप्त मात्रामा पानी नहुदा स्थानियहरुले अहिले समस्या झेल्दै आएका छन । योजना सम्पन्न भए पनि देहीमाण्डौ बासीको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.