बैतडीमा २७ जना मात्रै कोरोनाका सक्रिय संक्रमित
कात्तिक- २९ /बैतडीमा थप एकजनाले कोरोना जितेका छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत एक जना प्रहरी जवान डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ ।
उहाँका अनुसार अब बैतडीमा कोरोनाका २७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । ४९७ जना संक्रमित मध्ये ४६९ जनाले कोरोना जितेका उहाँले बताउनुभयो । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिका ९, पाटन नगरपालिकामा ७, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा ४÷४ जना, दोगडाकेदार गाउँपालिकामा २ र पञ्चेश्वर गाउँपालिकामा १ जना रहेका छन् ।
अहिले सम्म पाटन नगरपालिकाका ८१, दशरथचन्द नगरपालिकाका ८१, मेलौली नगरपालिकाका ४७, सिगास गाउँपालिकाका ५५ र डिलाशैनी गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्नया गाउँपालिकाका ३८, पञ्चेश्वर गाउँपालिकाका ६३, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाका ४९ र पुर्चौंडी नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सम्म बैतडीका ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ सय६९ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ ।