तिहार शुरुभए संगै बैतडीका मुख्य बजार बाक्लिए, सरसामान किन्नेहरुकाे भीड
कात्तिक-२८/तिहार सुरु भएसंगै बैतडीका मुख्य बजारहरुमा चहलपहल बढेको छ । तिहारले छपक्कै छोपेसँगै बजारमा चहलपहल बाक्लिएको हो । अहिले जिल्लाका मुख्य बजारहरुमा तिहारको भाइमसला, टीका, माला, फलफूललगायतका विभिन्न सरसामान किन्नेहरुको भीड बढेको छ ।
जिल्लाका मुख्य बजारहरु गेठलापानी, साहिलेक देहिमाण्डौँ,मुस्याचोर, सतबाँँझ पाटन र खोड्पे बजारमा आज भोलि सामान किन्ने क्रेताहरुको सङख्या बढेको हो । तिहार सुरु भएसंगै बजारमा सामान किन्न पुग्नेहरुले सङख्यामा वृद्धी भएहो व्यापारिहरुले बताएका छन । तिहारमा चाहिने सरसामान संगै खाद्यान्नका सामान , लुगकपडा र जुत्ता चप्पलको समेत व्यापार बढेको व्यापारिहरुको भनाई छ । जिल्लाका बजारहरुमा अहिले तिहार पर्वमा नभइनहुने मैनबत्ति देखि मिष्टान्न किन् नेहरुको भीड बढेको हो बजारमा सामान किन्नेहरुको चाप बढेपछि कोरोनालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर व्यापारिहरुले व्यापार गरिरहेका छन ।
कोरोना संक्रमणको जोखीम कायमै रहेकाले संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गरेर व्यापार गरिरहेका देहिमाँडौका व्यापारि हर्कबहादुर बोहराले बताउनुभयो । यसवर्षको भाइटीका मंसिर १ गते परेको छ भने लक्ष्मी पुजा २९ गते परेको छ । बैतडी लगायत सदूरपश्चिम प्रदेशमा पनि तिहारलाई विशेष प्रकारले मनाउने प्रचलन छ ।
तिहारले बिछोडिएका भाइबहिनिहरुको भेटघाट गराउने भएकाले यो पर्व निकै उल्लासमय हुनेगर्दछ । तिहारको भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, मालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रहेको छ । मङ्सिर १ भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।