दशरथचन्द राजमार्गको दुई ठाउँमा दर्दनाक सडक दुर्घटना, १० जनाको मृत्यु

कात्तिक- २८/ बैतडीको दरशथचन्द राजमार्गको छुट्टा छुट्टै ठाउँमा सवारि दुर्घना हुँदा १० जनाको ज्यान गएको छ । जिल्लाको दशरथचन्द राजमार्ग भित्र पर्ने पाटन नगरपालिकाको छुट्टा छुट्टै स्थानमा  सवारि दुर्घटनामा परि १० जनाको ज्यान गएको हो । बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको बष खोड्पेमा दुर्घटना ग्रस्त हुँदा ९ जनाको ज्यान गएको हो भने पाटन ४ काे  जोलबाँजमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । बष गएराति साढे १० बजे दुर्टनामा परेको भने ट्याक्टर शुक्रबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटना ग्रस्त हुदा बैतडी बस्ने ३ जना , दार्चुला बस्ने २ जना, कैलालीका २ जना , कञ्चनपुर बस्ने २ जनाको मृत्यु भएको हो ।  यस्तै ३४ जना घाइते भएका छन घाइते मध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । १२ जनाको धनगढी मायामेट्रो हस्पीटलमा उपचार भइरहेको छ भने बाँकिको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । शुक्रबार ट्याक्टर दुर्घटनामा परि मुत्य हुनेमा बारबर्दिया नगरपालिका ८ बर्दियाका ३४ बर्षीय चालक खेमराज ढकाल रहेका छन । प्रहरीका अनुसार र पाटनबाट सतबाँज तर्फ आउँदै गरेको लु ४ प ६१७१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.