बैतडीमा देउसिभैलो खेल्न नपाइने

डी आर भट्ट- कात्तिक -२७/ बैतडीमा देउसि भैलो खेल्न नपाइने भएको छ । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको हो । भिडभाड जस्ता कार्यक्रमहरुबाट कोरोना भाइसको संक्रमण बढ्ने भन्दै यस वर्षको तिहारमा देउसि भैलो खेल्नमा रोक लागाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले बिहिबार एक सुचना प्रकाशन गरेर देउसी भैलो, मेला जात्रा र कुनै पनि भिडभाड हुने कार्याक्रम नगर्न नगराउन आग्रह गरेको छ । बिहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा तिहारको समयममा कुनै पनि प्रकारका भिडभाड हुने गतविधि र क्रियाकलाप नगर्न आग्र गरेको हाे ।

कोभिड १९ कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तिहारमा खेलिने देउसि भैलो र दिपावलीमा आयोजान हुने कार्याक्रमहरुमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारि मोहन राज जोशीले जानकारि दिनुभएको छ । यस्तै बेलुकि ७ बजेपछि मदिरा बेचविखन गर्न पनि नपाइने निर्णय गरेको छ ।

मदिरा बेचविखनका लागि गरिएको निर्णय बिहिबार बेलुका बाटै लागु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रशाद अधिकारिले बताउनुभयो । प्रशानले अत्यावश्यक कार्यबाहेक बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाका मापदण्हरुको पालन गर्न आग्रह गरेको छ।  यस्तै दिपावलि तिहारको अवसरमा जुवा तास खेल्ने खेलाउने कार्य नगर्न नगराउन आग्र गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रहको पालन नगरि निर्णय उल्लंघन गरेको पाइएमा कानुन अनुसार कार्बाहि हुने जनाएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रदिनि बढ्दै गइरहेकाले भिडभाड र जमघट जस्ता कार्यहरुले संक्रमणको अवस्था भयाबह बन्ने भन्दै जिल्ला प्रशासन कर्यालयले सबैलाई सुरक्षीत बस्न अपिल गरेको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.