बैतडीमा माटो परीक्षण शिबिर सम्पन्न
जनक साउद–कार्तिक २७ / बैतडीमा माटो परीक्षण शिबिर सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्राबिधिक ईकाई जोन देहीमाण्डौ बैतडीको आयोजनामा शिबिर सम्पन्न भएको हो । माटो परीक्षण प्रयोगशाला सुन्दरपुर महेन्द्रनगर कञ्चनपुरको टोलीले बैतडी आएर शिबिरमा सेवा दिएको थियो । मगंलबार र बुधबार गरी २ दिन सञ्चालन भएको शिबिरमा १ सय १ जना किसानहरुले आफ्नो बारीको माटो परिक्षण गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्राबिधिक ईकाई जोन बैतडीकी कृषि प्राबिधिक भावना भट्ट जोशीले जानकारी दिनुभयो । टोलीको म्यान सहितको शिबिरमा सो संख्यामा माटो परिक्षण गरिएको र झण्डै ८० ओटा माटोको नमुनाहरु परीक्षणका लागी महेन्द्रनगर नै पठाईएको बताईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्राबिधिक ईकाई जोनको कार्यक्षेत्र भित्रका बिभिन्न पालिकाका किसानहरुले माटो परिक्षण गराएका हुन । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका किसानहरुल शिबिरमा माटो परीक्षण गरेका हुन । परीक्षणबाट माटोमा भएको प्रांगारिक पदार्थ, माटोको पिएच मान, फस्फोरस, नाईट्रोजन र पोटासको मात्रा पत्ता लगाईएको छ । यस्तै बाली हुर्काउनका लागी कुन माटोमा कुन मलको कमी छ र सन्तुलन कायम राख्न कुन मलको प्रयोग गर्न सकिन्छ भन्ने कुरा माटो परीक्षणबाट थाहा हुने छ ।