बैतडीका थप दुई जनामा कोरोना पुष्टि

कात्तिक -२७/ बैतडीका थप दुई जनामा कोरोना पुष्टि भएको छ । बिहीबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएकाे कोरोना परिक्षणमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा ६२ जनाको स्वाबको नुमना परिक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ का २२ वर्षिय पुरुष र जिल्ला प्रहरी कार्यालका ३५ वर्षिय पुरुष गरि थप दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । बिहीबार दूई जनामा संक्रमण पुष्टि भएसंगै जिल्ला कुल कोरोन संक्रमितको सङख्या ४ सय ९७ पुगेको उहाँले बताउनुभयाे  ।बैतडीमा कोरोनाका २८ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । ४ सय ९७ जना संक्रमित मध्ये ४ सय ६८ जनाले कोरोना जितेका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.