बैतडीमा अहिलेसम्म ६ हजार बढीको कोरोना परीक्षण, ४ सय ९५ जनामा संक्रमण पुष्टि
जनक साउद–कार्तिक २६/ बैतडीमा अहिलेसम्म ६ हजार बढीको कोरोना परीक्षण गरिएको छ । बिभिन्न प्रयोगशालाहरुमा गरी अहिलेसम्म ६ हजार ३ सय ४८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । सो संख्यामा गरिएको परीक्षणमा ४ सय ९५ जनाको कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ८ सय ५३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । सबैभन्दा बढी पाटन नगरपालिकामा ८१ जनामा कोरोनाा पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा ७९ जना, मेलौली नगरपालिकामा ४७ जना, सिगास गाउँपालिकामा ५५ जना, डिलाशैनी गाउँपालिकामा १२ जना र सुर्नया गाउँपालिकामा ३८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ४९ जना र पुर्चौडी नगरपालिकामा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अहिले जिल्लामा २६ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८ जना सक्रिय संक्रमीत रहेका छन । पाटन नगरपालिकामा ७ जना, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा ४÷४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन । अन्य स्थानिय तहहरुमा भने अहिले सक्रिय संक्रमीत छैनन । १ जना कोरोना सक्रमीतको भने मृत्यु भईसकेको छ ।