नेचुरल अर्गनाइजेसनले गर्‍यो दनपामा नगरस्तरिय समिति गठन, अध्यक्षमा टेर

कात्तिक- २५ / नेचुरल अर्गनाइजेसन बैतडीले दशरथचन्द नगरपालिकामा नगरस्तरि कार्यसमिति गठन गरेको छ । मंगलबार अर्गनाइजेसनका अध्यक्ष धन बहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले २१ सदस्यीय नगरस्तरिय समिति गठन गरेको हो । दशरथचन्द नगरपालिकमा गठित नगरस्तरिय कार्यसमितिको अध्यक्षमा प्रविन टेरलाई चयन गरिएको नेचुरल अर्गनाइजेनका जिल्ला अध्यक्ष धनबहादुर विष्टले जानकारि दिनुभयो । उहाँका अनुसार अध्यक्षमा प्रविन टेर , उपाध्यक्षमा लक्ष्मी भण्डारी ,सचिबमा रेजिना टेलर सहसचिबमा शानती लुहार र कोशाध्यक्षमा उद्धब मार्कण्ड चयन भएका हुन । भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यटन कृषि सञ्चारमा वृद्धी भन्ने नाराका साथ २०७६ सालमा जिल्ला प्रशासनमा दर्ता भएको नेचुरल अर्गनाइजेसनले जिल्लाका सबै स्थानियतहरुमा समिति गठन गरिरहेको छ । अहिले सम्म जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकामा समिति गठन गरिसेको अर्गनाइजेसनका जिल्ला अध्यक्ष विष्टले बताउनुभएको छ । संगठनमा युवाहरुको सहभागिता गाराएर समाज परिवर्तनका लागि पहल गर्ने धेयका साथ नेचुरल अर्गनाइजेसनले बैतडीका १० ओटै स्थानियतहमा युवाको सञ्जाल विस्तार गरिरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.