बैतडी : नेपाल प्रहरीको सेवा प्रवेशका लागि झण्डै ६ सयले फाराम भरे
जनक साउद–कार्तिक २५ / बैतडीमा नेपाल प्रहरीको सेवा प्रवेशका लागि आवेदन दिनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्लामा प्रहरी बन्नका लागीआबेदन दिनेहरुको संख्या बढ्दै गएको हो । बैतडीमा अहिलेसम्म झण्डै ६ सय जनाले आबेदन फाराम भरेका छन । कार्तिक १६ देखि आबेदन खुला गरिएकोमा मगंलबारसम्म ५ सय ९६ जनाले आबेदन फाराम भरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक एबंम सुचना अधिकारी जनक बहादुर धामीले जानकारी दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालयले संकलन गरेका आवेदन फारम प्रदेश प्रहरी कार्यालयमा पठाइने उहाँले बताउनुभयो । पछिल्लो समय नेपाल प्रहरीको सेवा प्रबेश गर्ने चाहनेहरुको संख्या बढ्दै गएको पाईएको छ । अहिले कोरोना महामारीका कारण छिमेकी मुलक भारत तथा अन्य देशमा रोजगारी गर्दै आएकाहरु रोजगारी गुमाएर स्वदेश फर्किएका छन । नेपाल प्रहरीमा सेवा प्रबेशका लागी आबेदन खुलेसगंै अहिले रोजगार बिहिन भएकाहरु जागिरको खोजीमा आबेदन फाराम भरिरहेका हुन ।
यसै बिच नेपाल प्रहरीमा सेवा प्रबेशका लागी आबेदन खुलसंगं जिल्लामा नागरिकता लिनेको संख्या पनी बढ्दै गएको छ । सेवा प्रबेशका लागी नागरिकता अनिबार्य भएकोले नागरिकता नभएकाहरु अहिले नागरिकता लिनका लागी आउने गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभएको छ । अहिले दैनिक एक सयको हाराहारीमा नागरिकताका लागी जिल्ला प्रशासन पुग्ने गरेको उहाँको भनाई छ ।