बैतडी : पुर्चौडी नगरपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा पोलीहाउस बितरण

जनक साउद–कार्तिक २५/  बैतडीको पुर्चौडी नगरपालिकाले किसानहरुलाई ७५ प्रतिशत अनुदानमा पोलीहाउस बितरण गरेको छ । नगरपालिका भित्रमा तरकारी खेती गरिरहेका किसानहरुलाई अनुदानमा पोलीहाउस बितरण गरिएको नगरपालिकाका उपप्रमुख जानकी ऐर बलमे जानकारी दिनुभएको छ । कोरोना महामारी कायमै रहेकोले सामाजिक दुरी कायम गरी सोमबार र मगंलबार गरी दुई दिन किसानहरुलाई पोलीहाउस बितरण गरिएको हो । नगरपालिकाको २३ लाख लगानीमा नगरपालिका भित्रका १ सय ५६ जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा पोलीहाउस बितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रति पोलीहाउसको मुल्य १८ हजार रहेकोमा किसानहरुको २५ प्रतिशत अर्थात ४ हजार ५ सय लगानीमा पोलीहाउस बितरण गरिएको बताईएको छ ।

किसानहरुको २५ प्रतिशत लगानीमै तरकारीको बिउँ बितरण तथा १ दिने तालिम पनी दिईएको नगरपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणाली बिस्थापित गरी आधुनिक कृषि प्रणाली गर्ने तरिकाहरुको बारेमा किसानहरुलाई तालिम दिईएको हो ।

बेमौसमी तरकारी खेती गर्ने तरिकाहरु, बिषादीको प्रयोग र रोगकिराहरुको न्युनिकरण कसरी गर्ने भन्ने बिषयमा नगरपालिका भित्रका किसानहरुलाई तालिममा जानकारी गराईएको छ । पुर्चौडी नगरपालिकाले कृषि क्षेत्रका बिकास गरी किसानहरुलाई आत्मनिर्भर बनाउने खालका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.