बैतडीका थप दुईजनामा काेराेना पुष्टि, संक्रमितको सङख्या ४ सय ९५ पुग्यो
कात्तिक -२५/ बैतडीमा कोरोना संक्रमितको सङख्या ४ सय ९५ पुगेको छ । मंगलबार थप दुइ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४ सय ९५ पुगेको हो ।डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । मंगलबार दशरथचन्द नगरपालिका वडा नं ४ का २७ वर्षिय एक पुरुष र दोगडाकेदार गाउँपालिका ४ की २१ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको उहाँले बताउनुभएको छ । यस्तै बैतडीमा २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । कोभिड १९ सम्पर्क व्यक्ती जोशीका अनुसार दशरथचन्द नगरपालिकामा ८ जना, पाटन नगरपालिकामा ७ जना , मैलौलीमा ४ जना, सुर्नयामा ४ जना , र दोगडाकेदार गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना कोरोनाका संक्रिय संक्रति रहेका छन । बैतडीका ४ सय ९५ जनामा काेराेना संक्रमणा पुष्टि भएकाेमा ४६८ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भईसकेको छ ।