बैतडीमा नरभक्षी चितुवालाई स्थानियहरुले घेराहालेर मारे

कात्तिक -२४/ बैतडीमा किशोरिलाई आक्रमण गरि ज्यान लिने नरभक्षी चितुवालाई स्थानियहरुले मारेका छन । जिल्लाको शिवनाथ गाउँपालिका ४ बगारकी १८ बर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका हुन । चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले घरेलु हतियार प्रहार गरेर चितुवा मारेका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण महताले जानकारि दिनुभएको छ । चितुवा मार्ने क्रममा तीन  जना सामान्य घाइते भएका उहाँको भनाई छ ।डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका १ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो । मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका र त्यसपिछ  सबै स्थानियहरुले चारैतिरबाट घेराहारलेर चितुवा मारेका बताइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.