बैतडीका थप ९ जनामा कोरोना पुष्टि
कात्तिक-२४ /बैतडीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुराको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा पाटन नगपालिकाका १ जना, मैलौली नगरपालिकाका ४ जना , सुर्नया गाउँपालिकाका २ जना, पञ्चेश्वर गाउँपालिकाका १ जना र दोगडकोदार गाउँपालिकाका १ जना रहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारि दिनुभएको छ । सोमबार ९ जना संक्रमित थपिए संगै बैतडीमा कुल कोरोना संक्रमितको सङख्या ४ सय ९२ पुगेको उहाँँले बताउनुभयो ।