बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गयो
बैतडी–कार्तिक २४/ बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । जिल्लाको शिबनाथ गाँपालिका वडा नम्बर ४ की २१ बर्षीय किशोरीको सोमबार चितुवाको आक्रमणबाट ज्यान गएको हो । घास काट्नका लागी छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मर्मखोला गएकी माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको शिबनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण महताले जानकारी दिनुभएको छ । सोमबार बिहान ७, ८ जना महिलाहरुसगंै घास काटन गएकी महता चितुवाको सिकार भएकी हुन । वडा अध्यक्ष महताका अनुसार चितुवाले मृत किशोरीको शबलाई अझै छाडेको छैन । घटना स्थलमा झण्डै १ सयको हाराहारीमा गाउँलेहरु पुगेका छन । तर चितुवाले अहिले सम्म शब नछाडेको स्थानियहरुले बताएका छन । गाउँलेहरुले हो–हल्ला गरी चितुवा भगाउने प्रत्यत्न गरे पनि चितुवा नभागेको उनीहरुको भनाई छ । बैतडी प्रहरी र डडेल्धुरा प्रहरीलाई घटनाको बारेमा जानकारी गराएको भए पनि अहिलेसम्म प्रहरी घटना स्थलमा नपुगेको वडाध्यक्ष महताले बताउनुभयो ।