बैतडीको पुर्चौडीमा एमबिबिएस डाक्टर सहितको  अस्थायी कोभिड अस्पताल  

कात्तिक- २४/  बैतडीको पुर्चौडी नगरपालिकामा  कोभिड १९ अस्थायी अस्पतालको  उद्घाटन गरिएको  छ ।संघिय  सरकारको  बजेटबाट स्थापना गरिएको ५ श्याको   कोभिड १९ अस्थायी अस्पतालको  सोमबार उद्घाटन  गरिएको  हो ।

  संघिय सरकारको  १० लाख बजेटमा नगरपालिकाको  वडा नं १ हाटमा रहेको  पुरानो स्वास्थ्य चौकीको  भवनमा स्थापना गरिएको  कोभिड अस्पतालको नगरप्रमुख  रण बहादुर  कुवर र  उपप्रमुख जानकी  ऐर बलमे उद्घाटन  गर्नुभएको  हो । उक्त कोभिड १९  अस्थायी  अस्पतालमा एक जना एमबिबिएस  डाक्टर  सहित दुइ  जना स्टाफ नर्स  र १ जना कार्यालय  सहयोगि गरि ४ जनाको दरबन्दी रहेकोे  छ ।

  कोभिड १९ अस्थायी अस्पतालमा एक जना  एमबिबिएस  डाक्टर  सहित दुइ  जना स्टाफ नर्स,  एकजना कार्यालय  सहयोगी  गरि ४ जना कर्मचारिले  सेवा दिने  नगरपालिकाले  जनाएको  छ । नगरपालिकाका अनुसार  एमबिबिएस  डाक्टर  सहित २ जना  स्टाफ नर्स र  कार्यालय  सहयोगि अस्पतालमा हाजिर  भइरसकेका छन ।  प्रत्येक  स्थानियतहमा कोभिड १९ अस्थायी अस्पताल  स्थापन गर्ने  संघिय सरकाको निति अनुरुप  पुर्चौडी नगरपालिकामा पनि कोभिड १९ अस्थायी  अस्पताल निर्माण  गरिएको  हो ।

विकट र  जनघन्त्व बढीभएको पुर्चौडी नगरपालिकामा एमबिबिएस डाक्टर सहितको  कोभिड अस्पताल स्थापना हुदा खुसि लागेको  नगर उपप्रमुख  जानकी  ऐर  बमले  बताउनुभयो । कोभिड अस्पताल सञ्चालनमा आएपछि अब  कोरोना उपचारमा सहज हुनुका साथै  नागरिकरहरुले  अन्य  सेवा पनि पाउने  भएका छन  ।

पाँच ओटा बेड रहेको  कोभिड अस्थाी  अस्पतालमा  लक्षण सहितका बिरामिहरुको  उपचार हुने  बताइएको  छ । अब केहि महिना पुर्चौडीका  नागरिकहरुले एमबिबिएस डाक्टरबाट सेवा पाउने  भएका छन । पुर्चौडी नगरपालिका  तत्काल  कोराना संक्रमण मुक्त रहेको भएपनि कोरोनाको जोखीम कायमै रहेकाले  संक्रमण फैलिहाले उपचारमा  सहजता हुने अपेक्षा गरिएको छ । कोभिडका बिरामिलाइ  दिईने  सेवाका लागि अस्पतालमा आधाभुत कुराहरु पुगिसकेको  बताउँदै  नरपालिकाका स्वास्थ्य  संयोज बिनोद बहादुर  कुवरले अन्य सेवाका लागि  पनि उपकरण थप्ने योजना रहेको  जनाएका  छन ।

नगरप्रमुख  रण बहादुर कुवरले अस्थायी कोभिड १९ अस्पतालको उद्टा गर्नुे हुदै  जनताहरुलाई  कोभिड उपचार सेवा  बाँहेकका अन्य स्वास्थ्य  सेवा प्रदान गर्न  अस्पतालमा आवस्यक पर्ने उपकरणहरुको व्यवस्थ गर्ने प्रतिबद्धता जनाएका छन । सो  अस्पतालमा अहिले  अल्ट्रसाउण्ड सेवा,  र  अरु  रोगहरुको  समान्य  चेक जाँच गरिने जनाइएको  छ । जनरल अल्ट्रासाउण्ड सेवा  र एक्सरे  सेवा सुचारु गर्नका लागि अस्पतालमा उपकहरण्हरुको  अभाव  रहेकोले नगरबासीहरुलाई अन्य सेवा समेत प्रदान गर्न उपकरण खरिद गरिने  नगरपालिकाले  जनाएको   छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.