‘योगदान राष्ट्रका लागी’ अभियानको बैतडी जिल्ला कार्य समिति गठन, अध्यक्षमा साउँद
जनक साउद–कार्तिक २३ / ‘योगदान राष्ट्रका लागी’ अभियानको बैतडी जिल्ला कार्य समिति गठन गरिएको छ । अभियानका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक कृष्ण बटालाको प्रमुख आतिथ्यतामा नरेन्द्र साउँदको अध्यक्षतामा २१ सदस्यीय बैतडी जिल्ला कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कौशिला भण्डारी, सचिबमा लोकेन्द्र बिष्ट, सहसचिबमा सुदिप राना र कोषाध्यक्षमा दिनेश प्रसाद जोशी चयन हुनुभएको छ । “प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने नाराका साथ सञ्चालमा रहेको उक्त अभियानले प्राथमिक उपचारमा सघाउने उदेश्य रहेको नब गठित कार्य समितिका अध्यक्ष नरेन्द्र साउँदले जानकारी दिनुभएको छ ।
समितिका पदाधिकारीहरुलाई प्राथमिक उपचार सम्बन्धि अन्र्तराष्टिय स्तरको तालिम दिईने र कुनै पनी प्राकृतिक बिपतिका घटनाहरुमा प्राथमिक उपचारका लागी परिचालन गरिने उहाँले बताउनुभयो । अहिले जिल्ला कार्य समिति गठन गरिएकोमा पछि जिल्लाका प्रत्येक स्थानिय तहहरुमा समेत समिति गठन हुने बताईएको छ ।
सामाजिक कार्यबाट देशमा योगदान दिन सकिन्छ भन्ने उदेश्यका साथ स्थापना भएको संस्था ‘योगदान राष्ट्रका लागी’ अभियानको गत असोज महिनामा औपचारिक घोषणा गरिएको थियो । युएईमा बस्दै आएका चितवनका ओम उप्रेतीको मुख्य सक्रियतामा अभियान सञ्चालन भएको हो । अभियानले बिभिन्न जिल्लाहरुमा निःशुल्क प्राथमिक उपचार गर्दै आएको छ ।